रामेछाप काे विमानस्थल मा दुई पाईलाेट विच कुटाकुट
3 years ago
कात्तिक १७गते :तारा एयरका २ पाइलटबीच विमानस्थल हाताभित्रै कुटाकुट भएको छ । रामेछापको मन्थलीस्थित विमानस्थलभित्रै तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो ।
शुक्रबार बिहान ८ बजे तारा एयरको ट्वीनअटर विमान सोलुको लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गर्यो । उक्त विमान वरिष्ठ क्याप्टेन शाहले अवतरण गराएका थिए । त्यसपछि उक्त विमान रामेछापबाट लुक्ला लैजाने ड्यूटी थियो क्याप्टेन सञ्जीव श्रेष्ठको । तर, उनीहरुबीच विमानस्थलको एप्रोनमै हात हालाहाल भएको पाइएको नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले जनाएको छ ।
जहाज अवतरण गराएर विमानस्थल भवनतर्फ आउँदै गरेका क्याप्टेन साहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्ला श्रेष्ठले धकेलेको र साह भुइमा लडेको बताइएको छ । लडेपछि साहले उठेर श्रेष्ठलाई धकेलेको बताइन्छ । यसपछि हानाहान भयो ।
घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्ला उडे । उनलाई लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ । क्याप्टेन साहलाई पनि रामेछापमै ग्राउण्डेड गरिएको छ । सो जहाजलाई पनि ग्राउण्डेड गरिएको छ ।
क्यानले भने क्याप्टेन श्रेष्ठ दोषी देखिएको भन्दै उनको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।
तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले भने उनीहरुको झगडा उडानसँग सम्बन्धित नभई व्यक्तिगत भएको देखिएको बताएका छन् । यस सम्बन्धमा कम्पनीले आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको उनको भनाई छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ