वास्तविक सुकुम्वासीहरूको सही पहिचान गरी उनीहरूलाई सम्भव भएसम्म जग्गा उपलब्ध गराउने :प्रधानमन्त्री को भनाइ

बैशाख ११गते ✍️

प्रधानमन्त्री वालेन्द्र शाहले देशभर रहेका वास्तविक सुकुम्वासीहरूको सही पहिचान गरी उनीहरूलाई सम्भव भएसम्म जग्गा उपलब्ध गराएर दीर्घकालीन समाधान गरिने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सुकुम्वासी समस्या वर्षौँदेखि जटिल रहँदै आएको उल्लेख गर्दै त्यसको स्थायी समाधानका लागि सरकारले काम अघि बढाइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार नदी किनारमा बसोबास गरिरहेका नागरिकहरू बाढीको उच्च जोखिममा रहने भएकाले उनीहरूको सुरक्षाका लागि सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक छ। यससँगै काठमाडौँ उपत्यकाको ढल व्यवस्थापन सुधार गर्न पनि यस्तो कदम महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो। हरेक वर्ष बाढीका कारण प्रभावित हुने नागरिकहरूले ज्यान जोगाउन आफ्ना सामान छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले काठमाडौँको थापाथलीलगायत क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाएर, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने योजना रहेको पनि जानकारी दिनुभयो।

उहाँले आफ्नो चुनावी प्रतिबद्धता, पार्टीको एजेन्डा तथा सरकारको प्रारम्भिक कार्ययोजनामा समेत सुकुम्वासी समस्या समाधानलाई प्राथमिकतामा राखिएको स्मरण गराउँदै सरकारी जग्गा अतिक्रमण रोक्ने र सुकुम्वासी व्यवस्थापन गर्ने विषय आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्नुभयो।

गराएर दीर्घकालीन समाधान गरिने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सुकुम्वासी समस्या वर्षौँदेखि जटिल रहँदै आएको उल्लेख गर्दै त्यसको स्थायी समाधानका लागि सरकारले काम अघि बढाइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार नदी किनारमा बसोबास गरिरहेका नागरिकहरू बाढीको उच्च जोखिममा रहने भएकाले उनीहरूको सुरक्षाका लागि सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक छ। यससँगै काठमाडौँ उपत्यकाको ढल व्यवस्थापन सुधार गर्न पनि यस्तो कदम महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो। हरेक वर्ष बाढीका कारण प्रभावित हुने नागरिकहरूले ज्यान जोगाउन आफ्ना सामान छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले काठमाडौँको थापाथलीलगायत क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाएर, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने योजना रहेको पनि जानकारी दिनुभयो।

उहाँले आफ्नो चुनावी प्रतिबद्धता, पार्टीको एजेन्डा तथा सरकारको प्रारम्भिक कार्ययोजनामा समेत सुकुम्वासी समस्या समाधानलाई प्राथमिकतामा राखिएको स्मरण गराउँदै सरकारी जग्गा अतिक्रमण रोक्ने र सुकुम्वासी व्यवस्थापन गर्ने विषय आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्नुभयो।

Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *