सिन्धुली बाट शिक्षक आम्दोल मा सहभागी हुन आयको गाडि दुर्घटना हुदा १०घाइते
3 years ago
असाेज १२गते :बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक ईलेक्ट्रिक गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।सिन्धुलीबाट काठमाडौंतर्फ गाइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो।
आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सुचना अधिकारी प्रहरी नयव उपरिक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा १० जना शिक्षक घाईते भएका हो।
दुर्घटनामा कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे अबस्था मध्यम, काभ्रे जिल्ला बनेपा न.पा. १० बस्ने ४० वर्षीया गार्की बस्नेत अबस्था मध्यम, कमलामाई न.पा.५ बस्ने ४६ वर्षीया कमला घिमिरे अबस्था मध्यम, तिनपाटन गा.पा. १० बस्ने ४० वर्षीय राजन कार्की अबस्था मध्यम, कमलामाई.न.पा. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा अबस्था गम्भिर, कमलामाई.न.पा. १ बस्ने ४१ वर्षीय भुवन थापा अबस्था मध्यम, कमलामाई.न.पा. ४ बस्ने ४० बर्षीया बबिता देवकोटा अबस्था मध्यम, कमलामाई न.पा. ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल अबस्था मध्यम, विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकाल अबस्था मध्यम र कमलामाई न.पा. ६ बस्ने ४० वर्षीय सरोज थापा अबस्था सामान्य रहेको प्रहरी प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड