सिन्धुली मा सर्प ले टोक्दा दुई बालक काे ज्यान गयो
3 years ago
जेठ १६गते :विषालु सर्पले टोक्दा सिन्धुलीमा दुईजना बालकको मृत्यु भएको छ । सिन्धुली जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार दुधौली नगरपालिका –१ कुर्थौलीका गणेश पहाडीको छोराहरु १३ वर्षीय बालक ग्रिस पहाडी र वर्ष ३ को ग्रिस्म पहाडीको विषालु सर्पको टोकाइले मृत्यु भएको छ । उनिहरुलाई सोमवार राति आफ्नै घरमा सुतेका बेला सर्पले टोकेको थियो ।
गणेश पहाडीको श्रीमती गंगा पहाडी र २ छोराहरू सिमेन्ट,ब्लकले बनेको टालीको छानो भएको १ तले पक्की घरको बिच कोठाको पलङमा संगै सुतेकोमा राती के कुन समयमा,के कुन सर्पले टोकी कान्छो छोरा छटपटी रहेको अवस्थामा मंगलवार बिहान अन्दाजी ०३ बजेको समयमो आमाले थाहा पाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा उपचार हुन नसकी डाक्टरले थप उपचारको लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा डाक्टले मंगलवार बिहान.०८ बजेको समयमा दुबै बालकहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकहरु ग्रिस पहाडीको बांया हातको साहिली औंलामा सर्पले डसेको चोट र ग्रिस्म पहाडीको बांया खुट्टाको बुढि औंलाको बिच भागमा निलडांम देखिएको प्रहरीको भनाई छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ