आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने

बैशाख ५गते ✍️ होप अनलाईन मिडिया

 

आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित देशका केही भागमा तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना पनि देखिएको छ।

आज राति भने देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *