आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन
2 months ago
बैशाख १५गते ✍️
काठमाडौँमा विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार अबदेखि प्रत्येक वर्ष वैशाख १५ गतेबाट शैक्षिक सत्र प्रारम्भ गर्ने व्यवस्था लागू गरिएको हो।
यसअघि वैशाख २ गतेबाट कक्षा सञ्चालन हुँदै आएको थियो। तर वार्षिक परीक्षा सम्पन्न नहुँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया सुरु गर्ने प्रवृत्ति रोक्न, साथै इन्धन आपूर्तिमा देखिने समस्यालाई ध्यानमा राख्दै मिति सारिएको हो। यद्यपि केही स्थानीय तहको समन्वयमा तोकिएको समयअघि नै विद्यार्थी भर्ना भइसकेका उदाहरण पनि देखिएका छन्।
सरकारले गत चैत २२ गते नै निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना तथा अन्य शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई यस्तो शुल्क फिर्ता गराउन आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ। संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेबाहेकका अतिरिक्त शुल्क असुल गर्न नपाइने स्पष्ट व्यवस्था छ।
यसैबीच, वार्षिक परीक्षाको नतिजा सार्वजनिक नभएको र नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु नभएको अवस्थामा भर्ना प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार आवश्यक प्रमाणपत्र र नतिजा प्रकाशनपछि मात्र भर्ना लिनुपर्ने उल्लेख गरेको छ।
अदालतले परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक कागजातबीच समन्वय हुनुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई कानूनअनुसार काम गर्न निर्देशन दिएको छ। साथै विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको छ।
यसअघि चैत ५ गते शिक्षा मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले वार्षिक परीक्षा सकिएर नतिजा प्रकाशित भएपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ को भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने सूचना जारी गरेका थिए।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड