आस्था राउत लाई अमेरिकाले एयरपोर्ट बाट फर्कायो
3 years ago
मङ्सिर २९गते :गायिका आस्था राउतलाई अमेरिकाले फर्काइदिएको छ।
सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाले इमिग्रेसनबाटै फर्काइदिएको हो। भिजिट भिसामा अमेरिका गएकी आस्थालाई इमिग्रेसनले भिजिट भिसामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने भन्दै फर्काइदिएको हो। उनलाई पर्फमेन्स भिसा लिएर आउन भनिएको छ।
आस्थाले आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या भएको बताएकी छन्।
उनले भनिन्, ‘ भिजिट भिसामा यस अगाडि म पटकपटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो। अहिले भने भिजिट भिसा हुँदैन, पर्फमेन्स भिसा चाहियो भनेर फर्कायो।’
उनले अमेरिकाको नियम परिवर्तन भएका कारण आफूलाई फर्काइएको हुनसक्ने बताएकी छन्।
इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गर्न भनेको थियो। गत डिसेम्बर १२ मा फर्किएकी आस्था अमेरिका दूतावास जान भने भ्याएकी छैनन्।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ