कालिकोट मा जिप दुर्घटना हुदा ३काे मृत्युु
3 years ago
जेठ २८गते :कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गएराति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्”, प्रहरी प्रमुख रिमालले भन्नुभयो, “जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 35 minutes ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 20 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 22 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago