गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै पुन: मतदानको माग
4 years ago
गोरखा — गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन् ।
सोमबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा–१ का रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुसमियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटाकेन्द्रमा पुन: मतदान हुनुपर्ने माग राखेका हुन् ।
गोरखा–१ र २ का केही मतदान केन्द्रहरुमा मृत, वेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताहरुको नामबाट समेत मतदान भएकोनेकपा एमालेका अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन् । अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने रभौतिक आक्रमण गर्ने, प्रतिनिधिलाई बोल्न दिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गराइएको उनीहरुको आरोप छ ।
धम्काएर मतपेटिकाको मुचुल्कामा हस्ताक्षर गराउन लगाएको समेत संयुक्त प्रेस विज्ञेप्तिमा उल्लेख छ । एक जनाले १० औं पटक सम्ममतदान गरेका पाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार कविन्द्र बुर्लाकोटीले आरोप लगाए ।
असार ६गते शनिवासर को राशिफल
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई