चर्चित ज्योतिष रूद्र नाथ अधिकारी पक्राउ
3 years ago
पुस १८गते :चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेस गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
‘दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । थप अनुसन्धानका लागि उनलाई डिभिजन वन कार्यालय पठाइएको छ । थप अनुसन्धान उतैबाट होला,’ एसपी कोइरालाले भने ।
डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।
प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्राैलालाई त्यही दिन पक्राउ गरेको थियो ।
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्युबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भाविष्यवाणी गर्दै आएका छन् ।#याे खबर नयाँ पत्रिकामा छ ।
असार ६गते शनिवासर को राशिफल
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक