दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ

जेठ ५गते ✍️ होप अनलाईन मिडिया

 

दुर्गा प्रसाईं लाई सोमबार राति वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रसाईं सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए। त्यसपछि उनी बसेको सिद्धार्थ दियालो लर्डस् होटलबाट राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

प्रहरीका अनुसार पत्रकारहरूसँगको भेटका क्रममा सरकारप्रति कडा अभिव्यक्ति दिएपछि ‘उच्च तहको निर्देशन’ अनुसार उनलाई नियन्त्रणमा लिइएको हो। यद्यपि, आधिकारिक रूपमा प्रहरीले विस्तृत कारण सार्वजनिक गरिसकेको छैन।

प्रसाईंको मंगलबार गहवामाई मन्दिर दर्शन गर्ने तथा वीरगन्जको मेनरोड विस्तारका क्रममा प्रभावित बनेका स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। उक्त क्षेत्रमा सडक विस्तारका कारण घर तथा संरचना हटाइएका पीडितहरूसँग उनले छलफल गर्ने तयारी गरेका थिए।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *