पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कडा कारबाही हुने १०लाख सम्म जरिवाना हुने
4 weeks ago
असार १९गते ✍️ होप अनलाईन मिडिया
देशभर इन्धन आपूर्तिमा अवरोध सिर्जना गर्ने उद्देश्यले पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कडा कारबाही हुने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै उचित कारणबिना इन्धन बिक्री रोक्ने वा पम्प बन्द गर्ने व्यवसायीलाई जरिवाना र इन्धन आपूर्ति रोक्ने व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक नियम उल्लङ्घन गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द हुनेछ भने तेस्रो पटक उल्लङ्घन गरे १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने र १५ दिनसम्म इन्धन उपलब्ध नगराइनेछ।
हालै इन्धनको मूल्य घट्ने अनुमानमा केही व्यवसायीले डिपोबाट तेल नउठाउँदा देशका विभिन्न स्थानमा आपूर्ति प्रभावित भएपछि सरकारले यस्तो व्यवस्था गरेको हो। अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी उपभोक्तालाई सास्ती दिए कानुनी कारबाही अनिवार्य हुने नेपाल आयल निगमले जनाएको छ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल