पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
13 hours ago
जेठ ७गते ✍️ होप अनलाईन मिडिया
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया तीव्र बनाएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै फिर्केखोलाको खोलाघरभित्र बनेका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन निर्देशन दिएको हो।
महानगरका अनुसार पोखरा–१८ अँधेरीकुनादेखि विभिन्न वडा हुँदै गाईघाटमार्फत फेवातालमा मिसिने फिर्केखोलाको सीमाभित्र पर्ने संरचनाहरू प्राविधिक नापजाँचपछि चिन्हित गरिएको छ। सो क्षेत्रमा पोल गाडेर सीमांकन गरिसकिएकाले सम्बन्धित व्यक्ति वा संस्थाले आफैं संरचना हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र संरचना नहटाइए महानगर आफैंले हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिइएको छ।
यसअघि पनि महानगरले पटक–पटक सूचना जारी गर्दै खोलाघर अतिक्रमण हटाउन आग्रह गरेको थियो। उक्त विषयमा उच्च अदालत पोखरामा परेको मुद्दामा अदालतले महानगरको कदम रोक्न आवश्यक नरहेको फैसला गरेपछि अहिले पुनः कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो। महानगरले जेठ ९ गतेभित्र सबै अतिक्रमित संरचना हटाइसक्न समयसीमा तोकेको जनाएको छ।
यता पृथ्वीचोकस्थित प्रस्तावित आधुनिक बसपार्क क्षेत्रको अतिक्रमण हटाएर निर्माण कार्य अगाडि बढाउने तयारी पनि गरिएको छ। महानगरले बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको विवरण संकलन सुरु गरेको छ। यसअघि निस्सा प्राप्त गरेका व्यक्तिहरूलाई नागरिकता, नाता प्रमाण तथा स्वःघोषणापत्रसहित वडा कार्यालयमा विवरण बुझाउन आग्रह गरिएको छ।
विसं २०३१/३२ तिर आधुनिक बसपार्क निर्माणका लागि करिब दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि क्रमशः अतिक्रमण बढ्दै जाँदा हाल करिब ६० रोपनी मात्रै बाँकी रहेको बताइएको छ।
धनराज आचार्य ले वास्तविक सुकुमवासीको पहिचान गरी उचित व्यवस्थापनसहित बसपार्क निर्माण अघि बढाइने बताउनुभएको छ। उहाँका अनुसार आधुनिक सुविधायुक्त बसपार्क निर्माणका लागि गुरुयोजना तयार भइसकेको र सर्वपक्षीय सहमति समेत जुटिसकेको छ।
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
सामान्य विवाद मा चक्कु प्राहार बाट एक जना को मृत्यु
वडा सचिव लाई धम्कि दिने युवक प्रहरी द्वारा पक्राउ