प्रहरीलाई हतियार खरिद गर्न देउवा सरकारले नै दिएको थियो स्वीकृति
4 years ago
प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले कुनै निर्णय नभएको दाबी गरेपनि मन्त्रिपरिषद् बैठकले गत वैशाखमा प्रहरीलाई हतियार खरिदका लागि स्वीकृति दिएको भेटिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।
गृह मन्त्रालयबाट प्रहरीलाई प्राप्त चलानी नम्बर ५८३ को पत्रमा ‘नेपाल सरकार म.प.बै.सं. (मन्त्रिपरिषद बैठक संख्या) ३/०७९ मिति २०७९/०१/२५ गतेको पत्रद्वारा सर्ट गन र ९ एमएम पेस्तोल खरिद गर्न पूर्व स्वीकृति प्राप्त भएको निर्णय प्राप्त भएको’ले प्रक्रिया थाल्न भनिएको छ ।
त्यही आधारमा हतियार खरिदका लागि प्रहरीले सुरक्षा सामरिक वा प्रतिरक्षा आपूर्ति गर्ने कार्यविधि, २०६४ र सार्वजनिक खरिद नियमावलीका प्रावधान अनुसार ९३ करोड ९९ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल