बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
2 years ago
पुष १६, सोमवार:,ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए ।
शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक रूपमा आश्वासन दिइए पनि पीडित परिवारसँग सहमति नभएको बुढाले जानकारी दिए ।

उनले भने– ‘हामीले ८ वटा मागहरू पेश गरेका छौँ । सरकारले त्यसबारे निर्णय गर्ने भनेर आश्वासन दिए पनि निर्णय भएको छैन । उहाँहरूले निर्णय नगरेसम्म हामीले शव नबुझ्ने कुरा भएको छ । हामीले राखेका माग पूरा नगरे आन्दोलनमा जाने कुरा हुन्छ ।’
मृतकका परिवारले सरकारले गठन गरेको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्तिका साथै रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् ।
मृतक सुजनका मामा टेकबहादुरले भने– ‘सरकारले बनाएको छानबिन समिति ठिक भएन । त्यसलाई विगठन गरेर पीडित पक्ष हाम्रो पनि प्रतिनिधि सहितको स्वतन्त्र न्यायिक छानबिन समिति बनाउनुपर्छ । जसले गोली हानेको त्यही पक्ष संयोजक भएर गरिने छानबिन कत्तिको निष्पक्ष हुन्छ भन्ने हाम्रो प्रश्न हो । जसले गोली हान्छ उसैले गर्ने छानबिन हामीलाई स्वीकार्य हुँदैन । पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा रोजगार लगायतका ८ विषयमा माग गरेका छौँ । हाम्रो माग पूरा नभएसम्म शवको पोस्टमार्टम गर्न पनि दिँदैनौँ ।’

मृतकको शव किष्ट अस्पताल र पाटन अस्पतालमा राखिएको छ । मृतकका केही आफन्तहरू काठमाडौँ आइपुगेका छन् । शुक्रवार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
सरकारले सो घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य संयोजकत्वमा एक छानबिन समिति बनाएको छ । सो छानबिन समितिमा ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेका छन् ।
मृतकका आफन्तहरूले गोली हाल्ने निकायमा व्यक्ति राखेर बनाइएको छानबिन समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै त्यसलाई नमान्ने बताएका छन् । उनीहरुले पीडित परिवारको तर्फबाट सहभागिता हुनेगरी अर्को निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
विज्ञान त्रिपाठी काे मुक्तक
जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही
बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ