बैशाख १९ गते ✍️ होप अनलाईन मिडिया
सल्यान जिल्ला प्रहरी कार्यालयको कम्पाउन्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ।
प्रहरीका अनुसार जग खन्ने क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ वटा बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ग्राम एक्सप्लोसिभ पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी पार्टस तथा १० मिटर फायरिङ केबल बरामद गरिएको हो।
फेला परेका बम तथा विस्फोटक पदार्थ डिस्पोज गर्नका लागि नेपाली सेना अन्तर्गत भैरहवाबाट इन्जिनियरसहितको टोली र सिद्धिबक्स गण, सल्यान सिमखर्कबाट आएको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार ती विस्फोटक सामग्री सशस्त्र द्वन्द्व (माओवादी द्वन्द्व) को समयमा लुकाएर राखिएको हुन सक्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

Leave a Reply