भारत बाट नेपाल आएका दुई जाना नेपाली लाई काेरना भयकाे पुष्टि काेरना बाट भारत मा ३काे मृत्युु
3 years ago
पुस ५गते :भारतबाट कैलालीको गौरीफन्टा नाका भएर आएका २ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा हिजो र आज एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको बेंग्लोर र चेन्नईबाट आएका हुन् । हिजो २० जनाको एन्टिजेन परिक्षण गर्दा भारतको बेंग्लोरबाट आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ की २२ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।
आज पनि ५५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतको चेन्नईबाट आएका धनगढी उपमहानगरपालिका ११ का ५५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सीमा नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन जयराज ढुंगानाले जानकारी दिनुभयो ।
दुवै जनामा देखिएको संक्रमण कुन भेरियन्ट हो भन्ने पत्ता लगाउनका लागि थप जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको छ ।
संक्रमण देखिन छाडेपछि गत साउन यता एन्टिजेन परीक्षण बन्द गरिएकोमा भारतमा संक्रमण देखिएपछि हिजोदेखि यो नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण पुनः सुरु गरिएको हो ।
भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जे एन वानका पहिलो बिरामी पत्ता लागे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारतमा भेटिएको कोरोना ओमिक्रोनको सव भेरियन्ट भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल