मध्य रात ६.४ रेक्टर को भुकम्प जादा जाजरकोट र पश्चिम रूकुम मा मृत्यु हुने काे सङ्ख्या ८०पुग्यो
3 years ago
कात्तिक १८गते :जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । एक सय भन्दा बढी घाइते भएका छन् ।
यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन् । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लास्थित सम्वाददाताहरुले पनि मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ । भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड