मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना
3 years ago
१६ मंसिर, धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए । उनकाअनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन्।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ