सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज

 

बैशाख २०गते ✍️ होप अनलाई मिडिया

सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू हटाउने निर्णय गरेको छ। अध्यादेशमार्फत निजामती सेवा ऐनमा संशोधन गर्दै यस्तो व्यवस्था खारेज गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार विभिन्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सो अध्यादेशमार्फत करिब २० वटा ऐनमा परिवर्तन गरिएको छ, जसमा निजामती सेवा ऐन पनि समावेश छ।

संशोधित प्रावधानअनुसार अब निजामती कर्मचारीहरूले दलीय आबद्धतामा आधारित ट्रेड युनियन स्थापना गर्न पाउने व्यवस्था हटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार निजामती सेवासम्बन्धी अन्य विषयहरू भने पछि नियमित विधेयकमार्फत ल्याइने तयारी छ। तर, दलसँग आबद्ध ट्रेड युनियनहरू तत्काल आवश्यक नभएको ठहर गर्दै अध्यादेशमार्फत नै हटाइएको जनाइएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *