सामान्य विवाद मा चक्कु प्राहार बाट एक जना को मृत्यु

 

जेठ ३गते ✍️ होप अनलाईन मिडिया

 

काठमाडौंको थानकोट क्षेत्रमा घरायसी विवाद हिंसात्मक बन्दा एक युवकको ज्यान गएको छ।

चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित डेरामा बस्दै आएका २० वर्षीय जाकिर मन्सुरीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शनिबार राति सामान्य भनाभनपछि विवाद चर्किँदै जाँदा अहमदले मन्सुरीलाई चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि मेडपोइन्ट अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।

घटनापछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले अहमदलाई नियन्त्रणमा लिएको थियो। मृतक मन्सुरी र पक्राउ परेका अहमद दुवै महोत्तरी जिल्लाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको तथा पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *