साेति घटना प्रकरण का २४अभियुक्त लाई रूकुम अदालत द्वारा जन्म कैद काे फैसला सुनायाे
3 years ago
मङ्सिर १९गते :जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्म कैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो ।
उनिहरुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिनु भयो ।
जन्मकैदको सजाय पाएका २४ जना मध्ये एक जना नावालक रहेको र उनले पाउने सुविधाका सम्वन्धमा फैसालको पूर्ण पाठमा आउने कोइरालले जानकारी दिनु भयो । यस कसुरमा आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।
२०७७ जेठ १० गते अन्तरजातीय प्रम सम्वन्धका विषयलाई लिएर जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरेपछि ६ जनाको मृत्यु भएको थियो । यस घटनाका सम्वन्धमा अध्ययन गर्न गठित संसदीय समितिले घटनाको मुख्य कारण जातीय विभेदबाट सुरु ठहर गरेको थियो ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड