सिटिईभिटिई काे गाडि सिन्धुली काे सुनकोसी मा खस्दा तीन जाना बेपत्ता
3 years ago
जेठ१९गते :काठमाडौवाट मध्यपहाडी लोकमार्ग हुँदै खोटाग जादै गरेको सिटीइभिटीई तालिम केन्द्रको गाडी सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालीका वडा नम्वर ७ लौकुन नभघाट घाटमा दुर्घटना हुँदा गाडीमा सभार तिन जना सुनकोशी नदिमा डुवेर वेपत्ता भएका छन् ।
सुनकोशी नदिमा वेपत्ता हुनेहरुमा तनहु जिल्ला भानु नगरपालीका वडा नम्वर ९ स्थायी वासिन्दा सहसचिव कृष्णराज केसी,पुर्वी नवलपरासी जिल्ला प्रगती नगरपालीका वडा नम्वर ७ का यमप्रसाद भुर्तेल र इलाम जिल्ला फुयतया नगरपालीका वडा नम्वर ५ का भानु पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिटीइभिटीको स्कार्पियो आफै अनियन्त्रीत भई सडक भन्दा करिव १ सय ५० मिटर लत सुनकोशी नदिमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । चालक हामफालेर वाच्न सफल भएको प्रहरीले जनाएको छ । उनको खुर्कोटमा उपचार भैरहेको छ । सुनकोशी नदिमा वेपक्ता भएको गाडी र गाडीमा सभार तिन जना अधिकृतहरुको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । सिटिइभिटीइको वा.७४८७ नम्वरको गाडी सिटीइभिटीइको गाडी चालक कृष्ण चौधरीले चलाएका थिए।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ