२०८३ जेठ ६, बुधवार

सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ

11 hours ago

 

जेठ ५गते ✍️ होप अनलाईन मिडिया

सिन्धुली प्रहरीले वि.पी. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–९ भिमान क्षेत्रबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको नेतृत्वमा खटिएको टोलीले मंगलबार दिउँसो करिब ३:३० बजे जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ख २५९५ नम्बरको हायसमा चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार नियमित जाँचका क्रममा यात्रु अखिलजन विक्रम शाहमाथि शंका लागेपछि शरीर तलासी गरिएको थियो। कैलालीको गोदावरी नगरपालिका–६ निवासी २६ वर्षीय शाहले लगाएको खैरो कार्गो पाइन्टको गोजीभित्र सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा करिब ६८ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको बताइएको छ।

घटनासँग सम्बन्धित रहेको आशंकामा कैलालीकै गोदावरी नगरपालिका–१० का १९ वर्षीय विकास साउदलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ।