सिन्धुली को दुधौली नगरपालिका र मरिण गाउँपालिका का बासिन्दा लाई जग्गा पास गर्न सदरमुकाम जानु नपर्ने
1 month ago
बैशाख २७गते ✍️ होप अनलाईन मिडिया
सिन्धुलीका दुधौली नगरपालिका र मरिण गाउँपालिकामा अब जग्गा सम्बन्धी सेवा स्थानीय स्तरबाटै उपलब्ध हुने भएको छ । सङ्घीय सरकारले देशभरका ३५ स्थानीय तहलाई पहिलो चरणमा नापी तथा मालपोत सेवा सञ्चालनको अनुमति दिँदा सिन्धुलीका यी दुई पालिका पनि समावेश भएका हुन् ।
भूमि प्रशासन कार्यालयले दिएको जानकारीअनुसार स्थानीय तहलाई सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको थियो । त्यसपछि जिल्लाका विभिन्न पालिकाले मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए । तीमध्ये दुधौली र मरिण पहिलो चरणमै छनोटमा परेका हुन् ।
यसका लागि हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले समेत चासो देखाउँदै आसयपत्र बुझाएका थिए । तर कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाबाट भने आवेदन नपुगेको बताइएको छ ।
मरिण गाउँपालिकाले आगामी जेठ महिनाको पहिलो सातादेखि सेवा सुरु गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । कार्यालय व्यवस्थापन, कर्मचारी प्रशिक्षण र आवश्यक जनशक्ति परिचालनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उता दुधौली नगरपालिकाले पनि आगामी साउन १ गतेदेखि सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सुरु भएपछि नागरिकले अब जिल्ला धाउनुपर्ने झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड