सिन्धुली काे मरिण गाउँ पालिका मा विवाहा गर्नु अघि गाउँ पालिका काे अनुमती लिनु पर्ने

असाेज २३गते :सिन्धुलीको मरिण गाउँपालिकामा विवाह गर्न अब गाउँपालिकाको अनुमति लिनुपर्ने नियम लागु भएको छ । आगामी मंसिर १ गतेदेखि लागु हुने गरि आईतबार मरिण गाउँ कार्यपालिकाले विवाह गर्नुपुर्व दुलहा र दुलहिले वडा कार्यालयमा उमेर यकिन एवं प्रमाणित गर्नुपर्ने नियम लागु गरेको हो ।

बालविवाहको रोकथामकालागि गाउँपालिकाले शून्य सहनशीलता अपनाउने गाउँपालिकाको प्रमुख विमर्श मुक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो । ‘स्वभावले प्रकृतिमा रमाउने चञ्चल पुतलीजस्तै अनि काँचो माटोको नयाँ भाँडाजस्तै हुन् बालबालिका तर, गुलाफको काँडाले पुतली मरेसरह वा नसुक्दै फुटेको माटोको भाँडोजस्तै कलिलो उमेरमै बालविवाहको जालोमा परेर जिल्लाका कतिपय बालजीवन ओइलाउन बाध्य छन् ।’ उहाँले भन्नुभयो, ‘बालविवाह न्युनिकरण गर्न स्थानिय  सरकार प्रतिबद्ध छ । गाउँपालिकाले बाल विवाह शुन्य बनाउन अझ कडाईका साथ नियमन र नियन्त्रण गर्नेछ ।’ प्रख्यात नेतृत्वको मरिण सरकारले बाल विवाह न्यूनिकरणकालागि नविनतम कार्यक्रमहरु ल्याएको छ । विवाहअघि स्नातक तह उत्तिर्ण गर्ने गाउँपालिकाभित्रका महिलाहरुलाई मरिण सरकारले एक लाख रुपैयाँ पुरस्कार दिदैँ आएको छ । गाउँपालिका अध्यक्ष प्रख्यातले भन्नुभयो, ‘शिक्षित समाजमा बालविवाह विरलै हुन्छ । पढाईलाई निरन्तता दिन र बाल विवाह हुन नदिन कक्षा ११ मा भर्ना भएका किशोरीहरुलाई साईकल उपहार दिएका छौँ ।’ त्यस्तै, परिवारकालागि महिला बोझ होइनन् भन्ने संदेश दिन गाउँपालिकाको मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुसार लंैगिक समानताका लागि सुत्केरीलाई गाउँपालिकालेपोषण खर्चबापत नगर पाँच हजार दिदैँ आएको छ । बालविवाहका कारणहरु थुप्रै रहेको बताउदैँ गाउँपालिकाले आगामी दिनमा थप कार्यक्रम ल्याउने अध्यक्ष प्रख्यातले बताउनुभयो ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) बमोजिम महिला र पुरुषको उमेर २० (बीस) वर्ष पूरा भएको हुनुपर्दछ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *