सिन्धुली मा भाईकाे कुटपिट बाट दाइ गम्भीर घाइते फरार भाइ प्रहरी द्वारा पक्राउ
3 years ago
साउन १२गते :सिन्धुलीमा दाइलाई कुटेर फरार भएका भाइलाई प्रहरीले पक्राउ गरेको छ । मरिण गाउँपालिका वडा नं. ४ लामिदमारका श्यामध्वज काल्तान पक्राउ परेका हुन् ।
गत साउन ३ गते दाई रामध्वज काल्तान र भाई श्यामध्वज काल्तान बिच तामा राखेको बोराको बिषयमा झैझगडा भएको थियो । झै–झगडा हुदाँ भाई रामध्वज काल्तानले दाइ श्यामध्वज काल्तानलाई ढोकामा लगाएको आग्लोले टाउँको र काधमा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले गत साउन ६ गते मरिण गाँउपालिका वडा नं. ४ चुरे भन्ने स्थानबाट रामध्वज काल्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भाई काल्तानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।# सिन्धुली साैगात बाट #
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड