ललिता निवास जग्गा प्रकरण मा पुर्ब चार मन्त्री लाई पक्राउ पुर्जी जारि
3 years ago
साउन २२गते :काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो, सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा आइतवार पक्राउ पुर्जी जारी भएको हो ।
उहाँका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
यस प्रकरणमा ब्युरोले यसअघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा