दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
2 years ago
पुष १३, शुक्रवार, दुबईमा मृत्यु भएका दोलखाको जिरी नगरपालिकाका युवकको शव आर्थिक अभावले अझै नेपाल ल्याउन सकिएको छैन ।
भिजिट भिसामा दुबई गएर मृत्यु भएका जिरी नगरपालिका–९ ठूलोपातलका ३३ वर्षीय रमेश नेपालीको शव आर्थिक अभावले अझै नेपाल ल्याउन नसकिएको हो । करिब १० लाख ऋण गरेर दुई महिना अघि मात्रै दुबई पुगेका उनको समुन्द्रमा पौडी खेल्ने क्रममा यही मंसिर ११ गते बेलुकी मृत्यु भएको परिवारले पुष्टि गरेको छ । परिवारजनले १२ गते विहान मृत्युको खबर पाएपनि आर्थिक अभावले र दुवईमा ‘इलिगल’ रहेका कारण हालसम्म उनको शव नेपालमा ल्याउन नसकिएको मृतकका काका अक्कल बहादुर दर्जीले बताउनुभयो । उहाँका अनुसार भतिजो रमेशको शव नेपालमा ल्याउन चन्दा संकलनको काम भइरहेको छ । सामान्य परिवारका उनी दुई महिना अघि मात्रै सुत्केरी हुनै लागेकी श्रीमतीलाई घरमा छाडेर धन कमाउने सपना बोकी दुबई पुगेका थिए । तर, उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् । उनलाई एजेन्टले दुबई हुँदै उर्गिस्थान लैजाने आश्वासन देखाउँदै ८ देखि १० लाख सम्म खर्च गराएर दुबई पुर्याएको काका अक्कलले बताउनुभयो । उनी ऋण गरेर विदेशीयका थिए ।

सामान्य परिवारका उनी दुई महिना अघि मात्रै सुत्केरी हुनै लागेकी श्रीमतीलाई घरमा छाडेर धन कमाउने सपना बोकी दुबई पुगेका थिए । तर, उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् । काका अक्कल भन्नुहुन्छ‘ त्यति धेरै ऋण गरेर दुबई गएका रमेशनै रहेनन, परिवारको आर्थिक अवस्था कमजोर छ । मृत्युको खबरपछि परिवारको अवस्था झनै दयनीय बनेको छ, मैले के भनौं ।
काका अक्कल भन्नुहुन्छ‘ त्यति धेरै ऋण गरेर दुबई गएका रमेशनै रहेनन, परिवारको आर्थिक अवस्था कमजोर छ । मृत्युको खबरपछि परिवारको अवस्था झनै दयनीय बनेको छ, मैले के भनौं । उनकी श्रीमती सारदा एक महिनाको सुत्केरी छिन् । बुहारी हामीजसरी बोल्न सक्ने अवस्थामा छैनन् । सुत्केरी अवस्थामै रहेर तङग्रिने बेला सम्म पनि भएको छैन । यही बेला यस्तो बज्रपात आइपर्याे । ’ हालसम्म आफ्नै पहलमा चन्दा संकलन भइरहेको र छिमेकी तथा आफन्तहरुबाट साँढे २ लाख रुपैंया जम्मा भएको अक्कलले बताउनुभयो । तर, नेपाल ल्याउनको लागि कति पैसा आवश्यक पर्ने भन्नेमा अझै परिवार जानकार छैनन् । जिरी ९ कै स्थानीय दलबहादुर नेपाली बताउनुहुन्छ ‘ रमेशका दुई छोरा छन्, तर, एक महिने छोराको अनुहार समेत हेर्न नपाएर उनको दुखद निधन भयो ।

रमेशको मृत्युले ५ वर्षीय छोरा र एक महिने छोरा टुहुरो भएका छन् भने सुत्केरी अवस्थामै श्रीमतीले श्रीमान गुमाउनु पर्दाको कष्ट भोगिरहेकी छिन् । रमेशका बुबा आमा पनि छोरोको मृत्युको खबरले संसारै ढले झै छोरोको मृत्युको वियोगमा छन् । उनका बुबा घने दर्जीका ५ छोरा मध्ये रमेश जेठो छोरा थिए । यो सँगै सो परिवारमा घरको जेठो र ठूलो खम्बानै ढलेको छ । अल्पायुमै विदेशमा भएको रमेशको निधनको खबरले परिवार मात्रै नभई टोलछिमेकनै शोकमा परेका छन् । अहिले दुबईमा रहेका नेपालीहरुले पनि रमेशकोे शव नेपालमा पठकाउन पहल गरिरहेका छन् । दोलखाली समाज दुबईका निवर्तमान सचिव लोकप्रसाद दाहालले रमेशलाई नेपालमा पठाउन दुबईमा रहेको नेपालीहरुबाट पहल भइरहेको बताउनुभयो ।
मृतकका काका अक्कलले मृत्यु भएको ११ दिनसम्म विदेशमै शव रहेको भन्दै आर्थिक सहयोगको लागि अपिल समेत गर्नुभएको छ । उहाँले इच्छुक महानुभावहरुलाई आर्थिक सहयोग गरीदिन आग्रह गर्नुभएको हो । मृतकका भाई नवराज नेपाली पनि दुबई मै छन् । उनी पनि दाईसँगै दुवई गएका थिए ।
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
विज्ञान त्रिपाठी काे मुक्तक
जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही
बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ