गृहमन्त्री गुरुङको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा संयन्त्रमा हलचल
14 hours ago
असार १४गते ✍️ होप अनलाईन मिडिया
गृहमन्त्री सुदन गुरुङ ले बारा र पर्सा जिल्लाका विभिन्न सीमा नाकामा स्थानीय सुरक्षा निकायलाई
गृहमन्त्री सुदन गुरुङ ले बारा र पर्सा जिल्लाका विभिन्न सीमा नाकामा स्थानीय सुरक्षा निकायलाई पूर्वसूचना नदिई गरेको आकस्मिक अनुगमनपछि सुरक्षा संयन्त्रभित्र व्यापक चर्चा सुरु भएको छ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएपछि शुक्रबार राति उनी निजी सवारीमार्फत पथलैया हुँदै जीतपुर–सिमरा उपमहानगरपालिका क्षेत्र पुगेका थिए। यात्रा क्रममा उनले विभिन्न स्थानका स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा क्षेत्रको अवस्था र सुरक्षासम्बन्धी विषयमा जानकारी लिएका थिए।
शनिबार बिहान उनी वीरगञ्ज आसपासका सहायक सीमा नाकाहरूको निरीक्षणमा निस्किएका थिए। तस्करीको जोखिम बढी रहेको मानिने केही सीमा क्षेत्रमा पुगेर उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै अवैध ओसारपसारका तरिका र त्यसको वास्तविक अवस्थाबारे जानकारी संकलन गरेका थिए।
अनुगमनका क्रममा गृहमन्त्रीले स्थानीय प्रशासन, जिल्ला सुरक्षा समिति वा सुरक्षा निकायका प्रमुखलाई पूर्वजानकारी नदिई आफ्ना सुरक्षाकर्मीसहित निजी सवारी प्रयोग गरेको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यअनुसार उनले दिनभर विभिन्न सवारी साधन परिवर्तन गर्दै गोप्य रूपमा निरीक्षण गरेका थिए।
यसबीच स्थानीय सुरक्षा निकायले भने सार्वजनिक स्थानमा जडान गरिएका सीसीटीभी क्यामेरामार्फत उनको गतिविधि निगरानी गरेको स्रोतहरूको भनाइ छ। अनुगमन अवधिभर गृहमन्त्रीको सुरक्षा टोलीसँग सम्पर्क गर्न समेत कठिन भएको जनाइएको छ।
अनुगमनका बेला सामान्य पोशाक, क्याप, मास्क र कालो चश्मा लगाएर सीमा क्षेत्रमा पुगेका गृहमन्त्रीले साइकल, मोटरसाइकल तथा मानिसले बोकेर गरिने अवैध सामान ओसारपसारका विषयमा स्थानीयसँग विस्तृत जानकारी लिएका थिए। स्थानीयले केही सुरक्षाकर्मीको संरक्षण र मिलेमतोमा सीमा क्षेत्रमा खुलेआम तस्करी हुने गरेको गुनासो समेत गृहमन्त्रीसमक्ष राखेको बताइएको छ।
पछि सुरक्षा संयन्त्रभित्र व्यापक चर्चा सुरु भएको छ।

असार १४ गते आइतवार को राशिफल
प्यूठानमा सवारी दुर्घटना : स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको निधन
असार १३गते शनिवार को राशिफल
असार १२गते शुक्रवार को राशिफल हेर्नुहोस
असार ११गते बिहिवार को राशिफल
श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिए कानुनी कारबाही हुने सरकारको चेतावनी
असार १०गते बुधवार को राशिफल
असार ९गते मंगलवार को राशिफल
मेसीको ऐतिहासिक कीर्तिमान : अर्जेन्टिनाको २–० जितसँगै नकआउट चरणमा प्रवेश
असार ८गते सोम वार को राशिफल