असार १२गते शुक्रवार को राशिफल हेर्नुहोस
1 month ago
आजको राशिफल (२०८३ साल असार १२ गते, शुक्रबार)
मेष
आज विवेक र धैर्यका साथ अघि बढ्नुभयो भने चुनौतीहरूलाई अवसरमा बदल्न सक्नुहुन्छ। अध्ययन तथा शैक्षिक क्षेत्रमा सकारात्मक उपलब्धि मिल्ने सम्भावना छ। वैदेशिक वा प्राविधिक कार्यमा भने सामान्य ढिलाइ हुन सक्छ।
शुभ रङ: रातो | शुभ अंक: ५
विशेष सुझाव: भगवान् शंकरको आराधना गर्नुहोस् र अपरिचित व्यक्तिमाथि तुरुन्त विश्वास नगर्नुहोस्।
वृष
आजको दिन कठिन समयमा साथ दिने व्यक्तिहरूको पहिचान हुने सम्भावना छ। संयम, धैर्य र बुद्धिमत्ताले धेरै काम सहज बन्नेछन्। मीठो बोलीले नयाँ अवसर दिलाउन सक्छ।
शुभ रङ: निलो | शुभ अंक: ७
विशेष सुझाव: घरबाट निस्कँदा दही खानु शुभ हुनेछ। हतारमा कसैलाई विश्वास नगर्नुहोस्।
मिथुन
घरपरिवार तथा सामाजिक काममा खर्च बढ्न सक्छ। निर्णय गर्दा अलमल हुने सम्भावना भएकाले सोचविचार गरेर अघि बढ्नु राम्रो हुनेछ। आफ्नै विवेकलाई प्राथमिकता दिनु लाभदायक हुनेछ।
शुभ रङ: हरियो | शुभ अंक: १
विशेष सुझाव: असहाय जनावरलाई भोजन गराउनुहोस् र छलकपटबाट टाढा रहनुहोस्।
कर्कट
पारिवारिक भेटघाट र शुभकार्यले मनमा खुसी थप्नेछ। गोप्य रूपमा अघि बढाएका योजना सफल हुन सक्छन्। आत्मीय वातावरणमा रमाइलो समय बित्ने संकेत छ।
शुभ रङ: पहेँलो | शुभ अंक: २
विशेष सुझाव: भोकालाई भोजन गराउनुहोस् र सकेसम्म लामो यात्रा नगर्नुहोस्।
सिंह
रोकिएका कामले गति लिनेछन्। पुराना समस्या समाधानतर्फ अघि बढ्नेछन्। प्रेम सम्बन्धमा पनि सकारात्मक वातावरण बन्नेछ।
शुभ रङ: बैजनी | शुभ अंक: ७
विशेष सुझाव: वृक्षारोपण गर्नु शुभ हुनेछ। इमानदार व्यवहार अपनाउनुहोस्।
कन्या
तपाईंको बोली र व्यवहारले धेरै काम सफल बन्नेछन्। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ।
शुभ रङ: रातो | शुभ अंक: ९
विशेष सुझाव: बिरामीलाई सहयोग गर्नुहोस् र तामसिक भोजनबाट टाढा रहनुहोस्।
तुला
अनावश्यक खर्च बढ्न सक्छ। काममा थकान वा ढिलाइ महसुस हुन सक्छ। आज संयमित व्यवहार र सोचेर बोल्नु उपयुक्त हुनेछ।
शुभ रङ: हरियो | शुभ अंक: ३
विशेष सुझाव: भगवान् शंकरको दर्शन गर्नुहोस् र छलकपट नगर्नुहोस्।
वृश्चिक
परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ। साथीभाइ वा परिवारको सहयोगले महत्त्वपूर्ण काम पूरा हुनेछ। उपहार वा शुभ समाचार प्राप्त हुन सक्छ।
शुभ रङ: सेतो | शुभ अंक: १
विशेष सुझाव: दानपुण्य गर्नुहोस् र लामो यात्रा सकेसम्म टार्नुहोस्।
धनु
नयाँ योजना बनाउने र भविष्यको लक्ष्य तय गर्ने दिन छ। सेवा तथा परोपकारमा रुचि बढ्नेछ। बचत गर्ने अवसर पनि मिल्न सक्छ।
शुभ रङ: खैरो | शुभ अंक: ४
विशेष सुझाव: विद्यार्थीलाई सहयोग गर्नुहोस् र अनावश्यक यात्रा नगर्नुहोस्।
मकर
लामो समयदेखि रोकिएका काम सम्पन्न हुने सम्भावना छ। अध्ययन र बौद्धिक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ। दिन उत्साहजनक रहनेछ।
शुभ रङ: सेतो | शुभ अंक: ४
विशेष सुझाव: भोकालाई भोजन गराउनुहोस् र निलो रङको प्रयोग कम गर्नुहोस्।
कुम्भ
हतारमा लिएको निर्णयले समस्या निम्त्याउन सक्छ। साथीभाइको छनोट र वातावरणप्रति सजग रहनुहोस्। मनोरञ्जन तथा रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ।
शुभ रङ: रातो | शुभ अंक: ३
विशेष सुझाव: पितृदेवताबाट आशीर्वाद लिनुहोस् र तामसिक भोजनबाट टाढा रहनुहोस्।
मीन
नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। सक्रिय भएर काम गर्नुभयो भने लक्ष्य प्राप्ति सहज हुनेछ।
शुभ रङ: निलो | शुभ अंक: १
विशेष सुझाव: घरबाट निस्कँदा गुड खानुहोस् र आज उत्तर दिशाको यात्रा नगर्नु राम्रो हुनेछ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल