प्यूठानमा सवारी दुर्घटना : स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको निधन
3 weeks ago
असार १४गते ✍️ होप अनलाईन मिडिया
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा ज्यान गएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको नगरपालिकाको बोलेरो पिकअप सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाको समयमा उपप्रमुख राना मगर स्वयंले सवारी चलाइरहेको बताइएको छ।
प्रहरीका अनुसार उहाँ नगरपालिकाको कामका सिलसिलामा अनुगमनका लागि निस्किएको बेला दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी तथा जनप्रतिनिधिहरूले उपप्रमुख राना मगरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
असार २९गते सोम वार को राशिफल
असार २८गते आइतवार को राशिफल
असार २५गते विहिवार को राशिफल
असार २५गते विहिवार को राशिफल
असार २०गते शुक्रवार को राशिफल
असार १९गते शुक्रवार को राशिफल
पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कडा कारबाही हुने १०लाख सम्म जरिवाना हुने
ग्यास सय , पेट्रोल मा २० ,र डिजेल ,मट्टिते ३० रूपैया ले भाउ घट्यो