मेसीको ऐतिहासिक कीर्तिमान : अर्जेन्टिनाको २–० जितसँगै नकआउट चरणमा प्रवेश
1 month ago
असार ९गते ✍️ होप अनलाईन मिडिया
डलास (एजेन्सी) — कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा आफ्नो नाममा नयाँ स्वर्ण अक्षर थपेको रात अर्जेन्टिना सन् २०२६ को विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत डलासमा भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।
अर्जेन्टिनाको जितमा दुवै गोल सदाबहार फरवार्ड मेसीले गरे। खेलको नवौँ मिनेटमै अर्जेन्टिनाले पेनाल्टीमार्फत अग्रता लिने सुवर्ण अवसर पाएको थियो, तर मेसीको प्रहार मार्गभन्दा बाहिरिँदा टोली चुक्यो।
क्लोजको रेकर्ड भङ्ग
सुरुआती पेनाल्टी चुके पनि खेलको ३८औँ मिनेटमा मेसीले उत्कृष्ट पुनरागमन गरे। फाकुन्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेसीले बललाई जाली चुमाए र अर्जेन्टिनालाई १–० को अग्रता दिलाए। यो गोलसँगै उनले जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई तोड्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास रचे।
दोस्रो हाफको इन्जुरी समय (९०+५ मिनेट) मा मेसीले व्यक्तिगत दोस्रो गोल थप्दै अर्जेन्टिनाको जितलाई सहज बनाए। यो गोलसँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ।
लगातार दोस्रो जितको यात्रा
पहिलो खेल: अल्जेरियाविरुद्ध ३–० को सानदार जित
दोस्रो खेल: अस्ट्रियाविरुद्ध २–० को जित र नकआउट यात्रा तय
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल