निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ

23 hours ago

साउन १२गते ✍️ होप अनलाईन मिडिया

 

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)को संसदीय सुनुवाइ गरिने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।