२०८३ साउन ४, सोमवार

कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते

1 day ago

 

साउन ३गते ✍️ होप अनलाईन मिडिया

काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गर्ने क्रममा स्थिति तनावपूर्ण बनेपछि गोली चलाएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा उनीहरूले भाग्ने प्रयास गर्नुका साथै प्रहरीमाथि प्रतिरोध गरेपछि बल प्रयोग गर्नुपरेको

गोली लागेका दुवै जनाको घुँडामुनि चोट लागेको छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ। प्रहरीका अनुसार कारबाहीका क्रममा पाँच राउन्ड हवाई फायर तथा दुई राउन्ड गोली प्रहार गरिएको थियो। थप अनुसन्धान भई राखेकाे प्रहरी ले जनायकाे छ।