देवानगञ्ज तनावग्रस्त: दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एक युवकको मृत्यु
18 hours ago
साउन ११गते ✍️ होप अनलाईन मिडिया
सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार मध्यराति दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति देवानगञ्ज–३ निवासी २४ वर्षीय ओमप्रकाश मेहता हुन्। साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीहरूले आयोजना गरेको बोलबम यात्रा का क्रममा सहभागी एक समूह र अर्को समूहबीच विवाद उत्पन्न भएपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ।
विवादले उग्र रूप लिएपछि केही स्थानमा घर, पसल तथा अन्य संरचनामा आगजनी भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि सुरक्षा निकायले भीड नियन्त्रणका लागि गोली चलाएको थियो। सोही क्रममा गोली लागेर मेहताको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनामा गोली लाग्ने तथा झडपका कारण करिब १७ जना घाइते भएका छन्। साथै, स्थिति नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी कर्मचारी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ अस्पताल, नोबेल अस्पताल र न्यूरो अस्पताल मा उपचार भइरहेको छ।
घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन देवानगञ्ज र हरिनगर गाउँपालिका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। सुरक्षा अवस्था सुदृढ बनाउन सुनसरी र मोरङबाट थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र झडपमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल
गणेश नेपाली मृत्यु प्रकरण: सरकार, काठमाडौँ महानगर र पीडित परिवारबीच ९ बुँदे सहमति
असार २८गते आइतवार को राशिफल
असार २५गते विहिवार को राशिफल