मकवानपुरमा डिजेल बोकेको ट्यांकर दुर्घटना, सिन्धुलीका ४० वर्षीय चालकको मृत्य
1 day ago
कात्तिक १४ गते ✍️ होप अनलाईन मिडिया
मकवानपुरको बकैया गाउँपालिकामा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार साँझ बकैया गाउँपालिका–५ तिनतलेस्थित मदन भण्डारी लोकमार्ग खण्डमा ट्यांकर दुर्घटनामा परेको हो। हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड गरिएको ट्यांकर साँझ करिब ७ः३० बजे दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका क्रममा ट्यांकरले च्यापिँदा चालकको घटनास्थलमै ज्यान गएको थियो। मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी ४० वर्षीय रमेशकुमार रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।
दुर्घटनापछि प्रहरीले घटनास्थलको आवश्यक प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको जनाएको छ।
पश्चिम नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव घट्दै, मौसममा क्रमिक सुधार हुने
कात्तिक १५ गते आइतबार को राशिफल
कात्तिक १४ गते शनिबार को राशिफल
कात्तिक १३गते शुक्रबार को राशिफल
नेपाल प्रिमियर लिग: विराटनगरलाई पराजित गर्दै कर्णाली याक्सले हात पार्याे रोमाञ्चक जित
कात्तिक १२गते विहिवार को राशिफल
अनुमतिविना स्वास्थ्य शिविर चलाउने १० विदेशी नागरिक मोरङबाट नियन्त्रणमा
सङ्खुवासभामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित