कार्तिक १३, २०८३

सङ्खुवासभामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

7 hours ago

 

कात्तिक ११गते ✍️ होप अनलाईन मिडिया 

सङ्खुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमान्को कुटपिटबाट ४९ वर्षीया मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कात्तिक ११ गते बिहान करिब ९ बजे ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी श्रीमती मिङ्माछिकीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर बनेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।