अनुमतिविना स्वास्थ्य शिविर चलाउने १० विदेशी नागरिक मोरङबाट नियन्त्रणमा
7 hours ago
कात्तिक ११गते ✍️ होप अनलाईन मिडिया
पर्यटक (भिजिट) भिसामा नेपाल प्रवेश गरेर अनुमतिविना स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा प्रहरीले पाँच जना अमेरिकी, दुई जना क्यानेडियन र तीन जना ब्राजिलियन नागरिकलाई नियन्त्रणमा लिएको हो।
कानेपोखरी गाउँपालिका–६ मा ‘मर्फी वेलफेयर सोसाइटी’को ब्यानरमा सञ्चालित स्वास्थ्य शिविरबाट बुधबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त शिविरमा उनीहरूले सर्वसाधारणलाई आँखा तथा दाँतसम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिरहेका थिए।
भिजिट भिसामा आएका विदेशी नागरिकले नेपाल प्रवेशको तोकिएको प्रयोजनविपरीत कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने कानुनी प्रावधान छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार विदेशी नागरिकले घुमफिरबाहेक अन्य सामाजिक वा स्वास्थ्यसम्बन्धी गतिविधिमा संलग्न हुन सम्बन्धित सरकारी निकायबाट पूर्वस्वीकृति लिनुपर्छ। आवश्यक अनुमति नलिई उपचार सेवामा संलग्न पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रशासनले गैरकानुनी गतिविधिमा संलग्न देखिएका ती विदेशी नागरिकहरूलाई आ-आफ्नो देश निष्कासन (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि उनीहरूलाई काठमाडौँ पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूमाथि मोरङ प्रशासनले कडा निगरानी राख्दै आएको छ। यसअघि गत असोज २३ गते पनि भिजिट भिसामा आएर धर्म प्रचार तथा प्रशिक्षणमा संलग्न रहेका २४ जना दक्षिण कोरियाली नागरिकलाई मोरङबाटै नियन्त्रणमा लिई डिपोर्ट गरिएको थियो।
कात्तिक १२गते विहिवार को राशिफल
सङ्खुवासभामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल