कार्तिक १८, २०८३

तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने

2 hours ago

 

होप अनलाइन मिडिया | ✍️नवराज प्रसाई

तारकेश्वर नगरपालिकामा सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले नगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नगरवासीको दैनिक आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित अघि बढाइएको यस पहलले तारकेश्वरको सार्वजनिक यातायात क्षेत्रमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।

समझदारीअनुसार सुन्धारादेखि महाराजगञ्ज, नयाँ बसपार्क, मुड्खु, तिनपिप्ले चोक, चिसापानी, सानो बाइपास, धर्मस्थली, जरङ्खु, नेपालटार हुँदै बालाजु बाइपाससम्म साझा बस सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

समझदारीपत्रमा नगर प्रमुख कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा नं. ३ का अध्यक्ष परशुराम अर्याल तथा साझा यातायातका अध्यक्ष सुशील राज प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले हस्ताक्षर गरेका छन्।

यस सेवाले विद्यार्थी, कर्मचारी, व्यवसायी तथा सर्वसाधारणको यात्रा सहज बनाउँदै तारकेश्वरको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।