बस मा करेन्ट लाग्दा बाबू छाेरा काे ज्यान गयाे

असार २१गते :लत्रिएको विद्युतीय तारले गुडिरहेको यात्रुवाहक बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडीधनी महेन्द्र वलीको पनि मृत्यु भएको छ।

दाङबाट रोल्पा जाँदै गरेको रा.१ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडीधनी सल्यान छत्रेश्वरी गाउँपालिका– ६ राणागाउँनिवासी अन्दाजी ३७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।

 

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार बिहान सवा १० बजेतिर कपुरकोट गाउँपालिका– ३ चोरखोलामा करेन्ट लाग्दा बसमा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको थियो।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *