मध्य रात ६.४ रेक्टर को भुकम्प जादा जाजरकोट र पश्चिम रूकुम मा मृत्यु हुने काे सङ्ख्या ८०पुग्यो
3 years ago
कात्तिक १८गते :जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । एक सय भन्दा बढी घाइते भएका छन् ।
यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन् । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लास्थित सम्वाददाताहरुले पनि मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ । भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा