वडा सचिव लाई धम्कि दिने युवक प्रहरी द्वारा पक्राउ
1 month ago
जेठ ३गते ✍️ होप अनलाईन मिडिया
दुल्लु नगरपालिका का एक वडा सचिवलाई फोनमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार सुर्खेतको वीरेन्द्रनगर घर भई हाल काठमाडौंको शंखमुल क्षेत्रमा बसोबास गर्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।
प्रहरी स्रोतका अनुसार दुल्लु नगरपालिका–१३ मा कार्यरत वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम जोडेर धम्कीपूर्ण फोन गरिएको अडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले विषयलाई गम्भीर रूपमा लिँदै सुरक्षा निकायलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी डिजिटल प्रमाण संकलन गरी थप अनुसन्धान जारी रहेको जनाएको छ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड