सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
3 hours ago
साउन १४गते ✍️ होप अनलाईन मिडिया
प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो पदार्थ प्रहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते गढीमाई नगरपालिका–७ स्थित एक मठ–मन्दिर परिसरमा सांसद पौडेल स्थानीयसँग भेटघाट तथा जनगुनासो सुनिरहेका बेला केही व्यक्तिको समूहले ‘मधेश मुक्ति अभियान’ सम्बन्धी नारा लगाउँदै पर्चा प्रदर्शन गरेको थियो। सोही क्रममा सांसद पौडेलमाथि पछाडिबाट कालो पदार्थ प्रहार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान तीव्र बनाएको थियो। अनुसन्धानका आधारमा गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख इर्फान (हाल वडा नं. ७ धनाडी बसोबास) र सोही नगरपालिका–३ गाहेरियाका १९ वर्षीय इर्फान अन्सारीलाई बुधबार पक्राउ गरिएको हो।
प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनामाथि अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। यसका लागि रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा फरार रहेका अन्य व्यक्तिको खोजी तथा पक्राउ प्रक्रिया पनि निरन्तर जारी रहेको जनाएको छ।
उक्त घटनापछि विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि भएको यस्तो व्यवहारको आलोचना गर्दै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल