साेति घटना प्रकरण का २४अभियुक्त लाई रूकुम अदालत द्वारा जन्म कैद काे फैसला सुनायाे
3 years ago
मङ्सिर १९गते :जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्म कैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो ।
उनिहरुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिनु भयो ।
जन्मकैदको सजाय पाएका २४ जना मध्ये एक जना नावालक रहेको र उनले पाउने सुविधाका सम्वन्धमा फैसालको पूर्ण पाठमा आउने कोइरालले जानकारी दिनु भयो । यस कसुरमा आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।
२०७७ जेठ १० गते अन्तरजातीय प्रम सम्वन्धका विषयलाई लिएर जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरेपछि ६ जनाको मृत्यु भएको थियो । यस घटनाका सम्वन्धमा अध्ययन गर्न गठित संसदीय समितिले घटनाको मुख्य कारण जातीय विभेदबाट सुरु ठहर गरेको थियो ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा