क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
2 months ago
जेठ ३० गते ✍🏿 होप अनलाईन मिडिया
फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलमा क्यानडा र बोस्निया तथा हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा बोस्नियाले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। टोलीका जोभो लुकिचले २१औँ मिनेटमा जाली चुमाउँदै आफ्नो टोलीलाई अघि बढाएका थिए।
पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्यो। ७९औँ मिनेटमा काइल लारिनले महत्वपूर्ण गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमै समाप्त भयो। यस नतिजासँगै क्यानडा र बोस्निया तथा हर्जगोभिनाले प्रतियोगितामा एक–एक अंक जोड्न सफल भएका छन्।
अब विश्वकपअन्तर्गतको अर्को खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
इरानी आक्रमणमा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक