डिजेल चाेरि गरे काे रङ्गेहात फेला परेपछि नेपाल आयल निगम का गण्डकी डिपाे का प्रमुख लाई पक्राउ पुर्जी जारि
3 years ago
साउन २६गते :इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको हो ।
दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा प्रहरीले पक्राउ पुर्जी गरेको थियो । डाँडाकोनाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ । पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल रहेकोले दासलाई पक्राउ पुर्जी जारी भएको हो । ट्यांकरमा क्षमता भन्दा धेरै इन्धन लोड गर्नु जोखिम समेत हो ।
दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिइ दासले आफैं गर्ने गरेका थिए ।
सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज
आज आइतवार को माैसम कस्तो छ
काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी
भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला
आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन
गरगहना चोरि गर्ने तारकेश्वर नगरपालिका पैँयुटारबाट पक्राउ
आज मगलवार को राशिफल
पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,