२०८३ वैशाख ८, मंगलवार

आज को राशिफल हेर्नुहोस

10 hours ago

आजको राशिफल: २०८३ बैशाख ९ गते, मंगलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिगो योजनामा हात हाल्दा भविष्यमा राम्रो आम्दानीको बाटो खुल्नेछ। नगद प्रवाह बढ्नाले दैनिक व्यवहार सहज बन्नेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नुका साथै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। भौतिक सुख–सुविधाका साधन जुट्नेछन्। साँझपख आर्थिक लाभ हुनुका साथै नयाँ कामको सुरुवात हुन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। रचनात्मक काममा रुचि बढ्नुका साथै मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सानो प्रयासले नै ठूला काम सम्पन्न गर्न सकिनेछ। आलोचकहरू पनि तपाईंको कार्यशैलीबाट प्रभावित हुनेछन्। साँझतिर व्यापार–व्यवसायबाट राम्रो मुनाफा आर्जन गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अपरिचित व्यक्तिलाई छिट्टै विश्वास गर्दा धोका हुन सक्छ, सजग रहनुहोला। आर्थिक अभावले केही काममा बाधा पुग्न सक्छ। व्यवसायिक विस्तारका लागि थप लगानीको आवश्यकता पर्न सक्छ। कामको सिलसिलामा लामो दूरीको यात्रा हुने सम्भावना छ। साँझपख भने पारिवारिक स्नेह र खानपानमा समय बित्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ अवसरहरू प्राप्त हुनाले मन उत्साहित रहनेछ। आम्दानीका विविध स्रोतहरू फेला पर्नेछन् भने रोकिएका कामले गति लिनेछ। पेसागत क्षेत्रमा राम्रो लाभ मिल्ने देखिन्छ। तर, साँझतिर भने खर्च बढ्ने र काममा केही अड्चन आउन सक्ने भएकाले सतर्कता अपनाउनु राम्रो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष व्यक्तिको सहयोगमा रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ भने नयाँ जिम्मेवारी थपिन सक्छ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। अरूलाई आफ्नो कुराले आकर्षित गर्न सकिने समय छ। साँझतिर गरिएको मिहिनेतको उचित फल र लाभांश हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको सेवामा समय व्यतीत भए पनि त्यसबाट आत्मसन्तुष्टि र भविष्यमा फाइदा पुग्नेछ। शुभचिन्तकहरूको राम्रो सहयोग मिल्नेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नुका साथै रोजगारीको क्षेत्रमा पनि उत्साह थपिनेछ। शुभ समाचारले दिनलाई सुखद बनाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

केही व्यावहारिक जटिलताका कारण सोचेको योजना ढिलो हुन सक्छ। परिश्रम अनुसारको नतिजा प्राप्त गर्न संघर्ष गर्नुपर्नेछ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। तर, साँझपख स्थितिमा सुधार आउनेछ र इष्टमित्रको सहयोगले बिग्रन लागेको काम बन्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्त र मित्रजनको साथले काममा थप ऊर्जा मिल्नेछ। रमाइलो यात्रा र आतिथ्य सत्कारको योग छ। प्रेम जीवन थप मधुर बन्नेछ भने व्यक्तित्वमा निखार आउनेछ। दिन उत्साहजनक रहे पनि साँझपख स्वास्थ्यमा ध्यान दिनुहोला; केही शारीरिक आलस्यताले काममा बाधा पुर्याउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपलब्धि हासिल गर्ने समय छ। दिगो फाइदा हुने नयाँ कामको जग बसाल्न सकिनेछ। सामाजिक मर्यादा र प्रतिष्ठामा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएको यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

सुरुमा केही ढिलासुस्ती भए पनि अन्ततः बौद्धिक कार्यमा सफलता मिल्नेछ। अध्ययन र लेखनमा रुचि बढ्नेछ। आफ्नो विवेकको प्रयोगले लक्ष्यमा पुग्न सहज हुनेछ। अरूको हितका लागि गरिएका कामबाट प्रशंसा मिल्नेछ। साँझपख आर्थिक लाभ हुने नयाँ योजनाहरू बन्न सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज अरूको प्रलोभनमा नफस्न सतर्क रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कृषि वा पैतृक सम्पत्तिको उपयोग गर्दा केही चुनौती देखिए पनि साँझदेखि परिस्थिति अनुकूल बन्नेछ। व्यापारमा सुधार आउनुका साथै अध्ययनमा ध्यान केन्द्रित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफ्नो साहस र पराक्रमले कठिन काम पनि सहजै सम्पन्न गर्न सकिनेछ। व्यवसायमा प्रगति हुनुका साथै प्रतिस्पर्धीहरू पनि तपार्इंको पक्षमा उभिनेछन्। लगनशीलताले अवसरको ढोका खोल्नेछ। तर, साँझतिर भने बोलीमा नियन्त्रण राख्नुहोला; आफन्त वा साथीभाइसँग मनमुटाव हुने जोखिम छ।

आज शनिवार को राशिफल
मनोरञ्जन 3 days ago