आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
3 weeks ago
जेठ ४ गते ✍️ होप अनलाईन मिडिया
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुने तय गरिएको छ ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक शृङ्खलाअन्तर्गत हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । स्कटल्याण्डले आफ्ना दुवै खेलमा सफलता हात पार्दै उत्कृष्ट सुरुआत गरेको छ । उसले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमअनुसार दुई रनले हराएको थियो । त्यसपछि अमेरिकाविरुद्ध पनि स्कटल्याण्डले रोमाञ्चक जित निकाल्दै दुई रनकै अन्तरले विजयी बनेको थियो ।
यता नेपालले भने अमेरिकामाथि प्रभावशाली प्रदर्शन गर्दै नौ विकेटको शानदार जित दर्ता गरेको थियो । आजको खेलमा घरेलु टोली नेपाल स्कटल्याण्डसँगको अघिल्लो हारको बदला लिने लक्ष्यमा हुनेछ । साथै, विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न पनि नेपाललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
हाल लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले २६ खेल खेल्दा नौ जित, १५ हार र दुई खेलबाट अंक बाँड्दै कुल २० अंक जोडेको छ । एकदिवसीय मान्यता जोगाउन नेपाल शीर्ष छ स्थानभित्र रहन आवश्यक छ भने ग्लोबल क्वालिफायरको दौडमा टिकिरहन बाँकी सबै खेलमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने अवस्था छ ।
स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा मजबुत अवस्थामा रहेको छ । उसले ३० खेलमध्ये १६ खेलमा जित हात पार्दा आठ खेलमा हार बेहोरेको छ भने छ खेल अनिर्णित रहेका छन् । स्कटल्याण्डको खातामा हाल ३८ अंक रहेको छ ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय