कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
3 hours ago
असार ५गते ✍️ होप अनलाईन मिडिया
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। त्यस्तै, आंशिकतर्फ सहभागी ८५ हजार ९२९ विद्यार्थीमध्ये ३६ हजार ४२० जनाले सबै विषयमा ग्रेड हासिल गरेका छन्।
नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी सफल भएका छन्। दुवै समूहलाई समेट्दा कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ।
परीक्षाको क्रममा नियमविपरीत गतिविधिमा संलग्न भएको ठहर भएका ४० जना परीक्षार्थीमाथि कारबाही गरिएको छ। तीमध्ये ३८ जनाको चालु वर्षको परीक्षा रद्द गरिएको छ भने दुई जनामाथि परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने प्रतिबन्ध लगाइएको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको सेवा, एसएमएस, आईभीआर तथा यूएसएसडी माध्यमबाट हेर्न सक्ने व्यवस्था गरिएको छ।
यसैबीच, प्राप्त नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन सक्नेछन्। बोर्डले तोकेको शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ।
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू